पोखरा, ५ चैत /पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुदाँ २ जना विदेशी घाईते भएका छन् ।
सराङकोटबाट उडेको प्याराग्लाईडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट चिनियाँ नागरिक ५० बर्षिय ALES WKRIEN र सिंगापुरका ७ बर्षिय YANG GUANG ZE घाईते भएका हुन् ।
उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले थप अनुसन्धान अघि बढाईएको कास्की प्रहरीले जनाएको छ ।