पोखराको जिरो किलो मिटरमा मध्यरातमा कार दुर्घटना

पोखरा, १० पुस /सोमबार राती पोखरा महानगरपालिका ५ जिरो किलोमिटरमा कार दुर्घटना भएको छ । ग १ च ८५६१ नम्बरको कार अनियन्त्रित भएर जथाभावी भौतिक संरचनामाथी ठोकिदा कार समेत क्षतविक्षत भएको छ ।

कार अनियन्त्रित हुँदा केही घरका सटरहरु र विजुलीका पोलहरुमा क्षति पुगेको छ । क्षतविक्षत भएको गाडीलाई क्रेन लगाएर ट्राफिक कार्यालयमा लगिएको छ ।

रक्सी पिएर गाडी चलाएकोले दुर्घटना भएको हुन सक्ने कास्की ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले जानकारी दिए । ‘दुर्घटनाको प्रकृति हेर्दा रक्सी पिएर चलाएको जस्तो देखिन्छ ।

तर चालक फरार छन्, उनले भने–घटनाबारे अनुसन्धान भैरहेको छ । सम्पर्कमा आएपछि घटना थाहा हुन्छ ।’ कारमा को को थिए भन्ने थाहा हुनसकेको छैन ।

पोखराको जिरो किलो मिटरमा मध्यरातमा कार दुर्घटना
पोखराको जिरो किलो मिटरमा मध्यरातमा कार दुर्घटना
२० औ सडक महोत्सव पोखरा
कमेन्टहरु
Loading...