पोखरामा आज देखि हर्न बजाउन नपाइने

पोखरा, १ साउन/पोखरा लेखनाथ महानगरपालिका भित्र आज साउन १ गतेदेखि हर्न बजाउन नपाइने भएको छ । महानगरको ट्राफिक ब्यवस्थापन पोखरा महानगर पालिकामा हर्न बजाउन निधेष गरेको हो । आकस्मिक बाहेक अन्य अबस्थामा हर्न बजाउन नपाउने नियम लगाउन लागेको हो ।

महानगरको विभिन्न क्षेत्र तथा विभिन्न सञ्चार माध्यम मार्फत हर्न बजाउन नपाइने बारे जनचेतनामुलक सुचना प्रबाह पोखरा महानगरपालिकाले गरिरहेको छ । यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।

गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि प्रेसर हर्न बजाउन पाइने छैन ।

अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने छ । दोस्रोपटक पनि हर्न बजाएको कारवाहीमा परे १ हजार रुपैयाँ र तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

कमेन्टहरु
Loading...