श्रीकृष्ण माविमा आर्थिक अनियमिततामा मेरो संलग्नता छैनः अधिकारी

पोखरा, २६ फागुन/पोखरा ७ मासबारको श्रीकृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा आर्थिक अनियमितता भएको भन्ने केही सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

अधिकारीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी विद्यालयमा भौतिक संरचना निर्माण तथा पुस्तकालय व्यवस्थापन गर्दा आर्थिक अनियमितता भएको भन्ने विषयमा छानबिन भइरहेको बताएका छन् ।

वर्तमान विद्यालय व्यवस्थापन समिति, वडा नम्बर ७ को कार्यालय र पोखरा महानगरपालिकाले छानबिन प्रक्रिया अगाडि बढाएको अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘सत्यतथ्य छानबिनको लागि प्रभाव नपरोस भन्ने हेतुले सम्बन्धित विषयहरुमा आफ्ना कुनै धारणा सावर्जनिक नगरेको व्यहोरा अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएको छ,‘छानबिनबाट प्राप्त प्रतिवेदनपछि सो सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

सत्यतथ्य नबुझि आएका गलत समाचारकोपछि नलाग्न सम्बन्धित सबैमा अनुरोध गर्दै विज्ञप्तिमा आर्थिक अनियमिततामा मेरो कुनै सम्लग्नता नरहेकाले समाचारमा लगाइएको निराधार आरोपको खण्डन गरिएको छ । विज्ञप्तिमा विद्यालयको विगत र वर्तमानलाई अध्ययन गरी सत्यतथ्य समाचार प्रकाशन गर्न सञ्चार माध्यमहरुलाई अधिकारीले अनुरोध समेत गरेका छन् ।

कमेन्टहरु
Loading...