पोखरामा १ सय २० लिटर घरेलु रक्सी नष्ट

पोखरा, ६ चैत /पोखरामा प्रहरीले विभिन्न ठाउँमा भेटिएको घरेलु रक्सी नष्ट गरेको छ ।

छोरेपाटनमा चेकजाँच गर्ने क्रममा स्याङजाबाट पोखरा भित्र्याउन लागिएको रक्सी बरामद गरी प्रहरीले नष्ट गरेको हो ।

ग १ ज २०३५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा ट्याक्सीमा रहेको १ सय २० लिटर रक्सी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

मदिरा सहित ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको अनुसन्धान भैरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...