पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

पोखरा, २३ फागुन /पोखराको विन्ध्यवासिनी मन्दिरमा दर्शनका लागि आउने वृद्धवृद्धा एवं शारीरिक अपांगता भएकाको सिहजताका लागि लिफ्ट निर्माण भएको छ । लिफ्टको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार उद्घाटन गरिन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रको प्रमुख धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिरमा जेष्ठ नागरिक शारीरिक रुपमा अशक्तहरुका लागि सहज हुने गरि लिफ्ट निर्माण भएको भन्दै खुशी ब्यक्त गरिन् ।
संस्कृतिक रितिरीवाज परम्परा, प्रचलन सहित अनेकतामा एकता भएका सुन्दर मुलुकका वासिन्दा रहेको उनले बताइन् ।

जनसमुदायमा स्वस्र्फुत रुपमा जागृत भएको श्रद्धा र आस्थाका भावनाहरुले गर्दा हाम्रा एतिहासिक र संस्कृतिक धरोहरहरुको संरक्षण स्वंयम जनस्तरबाट हुँदै आएको राष्ट्रपतिले बताइन् ।
व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाई मोटर्स कोरियाको संयुक्त लगानीमा करिब १ करोडको लागतमा लिफ्ट निर्माण भएको हो ।

पोखराको विन्ध्यवासिनी मन्दिरमा पुजा गरेर फर्किदै राष्ट्रिपति विद्यादेवी भण्डारी । तस्बिरः सागर राज तिमिल्सिना
पोखराको विन्ध्यवासिनी मन्दिरमा पुजा गरेर फर्किदै राष्ट्रिपति विद्यादेवी भण्डारी । तस्बिरः सागर राज तिमिल्सिना

६० फिट अग्लो लिफ्टमा १० जना सम्म चढ्न मिल्ने गरि व्यवस्थापन गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । विन्ध्यवासिनी मन्दिरमा दैनिक तीन हजार जनाले दर्शन र भ्रमण गर्न पुग्द्छन् ।

लिफ्ट नहुँदा सम्म जेष्ठ नागरिक र अशक्त, शारीरिक अपांगता भएका मन्दिरको दर्शन गर्नका लागि अशुविधा हुँदै आएको थियो । लिफ्ट संचालनमा आए संगै सहज हुने अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुबँर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मयेर मान बहादुर जिसी लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...