पोखरामा भारतीय सेनामा भर्ती हुन युवाको दौडधुप

पोखरा, २९ फागुन /पोखरामा यती बेला नेपाली युवाहरु भारतीय सेनामा भर्ती हुन परीक्षा दिइरहेका छन् ।

मंगलवार देखि पाँच दिन सम्म भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिन लागेको हो ।
भारतीय सेनामा भर्ती हुने रहरले यति बेला पोखरमा २६ जिल्लाका युवाहरु ५ दिन सम्म छनोट परीक्षाका लागि समेल हुने छन् ।

भारतीय सेनाका लागि भर्ती प्रक्रिया सञ्चालन गर्न गोरखपुरबाट टोली आएका छन् । निर्धारित परीक्षा उत्तीण हुने सबैलाई भर्ती लिने भारतीय अधिकारीहरुले बताएका छन् । यो प्रक्रियाबाट वर्षेनी नेपाली २५ सय देखि तीन हजार युवा भारतीय सेनामा भर्ती हुने गरेको उनले बताए ।
१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर नकटेका एसएलसी पास भएका युवाहरुले परिक्षामा सामेल हुन सक्छन् ।

ब्रिर्टिस आर्मीमा भर्ती हुन यस्तो मापदण्ड भिडियो

कमेन्टहरु
Loading...