Ganthan News Pokhara
All news from Pokhara & around

रवीन्द्रको ठाउँमा विद्यालाई उम्मेदवार बनाउने प्रचण्डको संकेत

विद्या भट्टराई
0

पोखरा, २७ फागुन /नेकपा एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व. रवीन्द्र अधिकारीकै धर्मपत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाउने संकेत दिएका छन् ।

पार्टीमा औपचारिक छलफल नभएको भन्दै उनले सबैसँगको समन्वयमा उपयुक्त निर्णले लिने बताए ।

‘निर्वाचनको कुरा पार्टीमा औपचारिक ढंगले चलेको छैन । मिडियामा बामदेव जीको सन्दर्भ पनि आयो । उहाँले सबैलाई स्पष्ट गर्नुभएको छ । पार्टीमा चर्चा चलेको होईन । उनले भने ।’

प्रचण्डले रवीन्द्रका परिवार पनि राजनीतिक भएकोले त्यही भित्रबाट उम्मेदवार बन्न सक्ने बताए । ‘कास्की जिल्लाका साथीहरुले सिफारिस गर्नुहोला ।

परिवारको सदस्यभित्रबाट नै जाँदा उपयुक्त हुन सक्छ, उनले भने–उहाँको परिवार पनि राजनीतिक परिवार हो । नेतृत्व गर्न सक्ने उहाँकै जीवनसंगिनी पनि हुुनुहुन्छ । विद्या जी । यो सबै कुराको विचार गरेर पार्टीले उपयुक्त निर्णय गर्छ ।’

भिडियो

https://www.facebook.com/watch/?v=415958202544051

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।