पोखरामा ठाउँ ठाउँमा सवारी दुर्घटना

पोखरा, १२ फागुन /पोखराको तीन ठाउँ सोमबार दुर्घटना भएको छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् । आइतबार पोखरा महानगरपालिका २७ अर्घौचोक हालसम्म नम्बर नखुलेको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा एक जना घाइते भएका छन् ।

स्याङ्जा पुतली बजार नगरपालिका घर भएका ४० बर्षिय मोहनलाल लम्साललाई ठक्कर दिँदा घाईते भएका थिए । उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचार भएको छ । चालक हालसम्म फरार रहेको प्रहरीले जानकारी दिएका थिए ।

त्यसै गरि पोखरा महानगरपालिका ६ गौरीघाटमा हाल सम्म नम्बर नखुलेको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुन एक जना घाइते भएका छन् । दुर्घटनामा परि चालक पोखरा २१ कृष्ति नाच्नेचौर बस्ने २३ बर्षिय दिनेश मल्ल ठकुरी घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल उपचार भएको छ ।

त्यसै गरि पोखरा महानगरपालिका २६ सुन्दरीबजारमा विजयपुरबाट शिशुवा तर्फ जादै गरेको ग१०प ३९९४ नम्बरको स्कुटरले सोहि स्थान बस्ने वर्ष ५२ को तिल बहादुर जिसीलाई ठक्कर दिँदा घाईते भएका छन् । घाइतेको पश्चिम क्षेत्रिय अस्पताल उपचार भएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...