नेपाल संवतको असवरमा पोखरामा भिन्तुना ¥याली

पोखरा, २२ कात्तिक/ नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३९ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना ¥याली निकालेको छ । दिपावली अन्र्तगतको नेवारी समुदायमा प्रचलित म्ह पुजाको दिनबाट नयाँ बर्ष प्राराम्भ हुने हुँदा आज दिन हरेक बर्ष जस्तै यस बर्ष पनि पोखरामा भिन्तुना ¥यालीमा निकालेको हो ।

नेवाःखलकाको आयोजनमा भएको ¥यालीमा विभिन्न जातजातीका झाँकी सहित पोखरा नगर परिक्रमा गरिने थियो । ¥यालीमा पोखराको टुडिखेलबाट शुरु भई पोखराको नेवा छेँ भिमसेन टोलमा पुगेर शुभकामना सभामा परिणत भएको थियो ।

भिन्तुना ¥यालीमा बिभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरेका थिए । नेपाल संम्बद नेपाली जनताको छोराले चलाएको सम्बद भएका कारण यसलाई काम काजको सम्बद बनाउनु पर्ने संस्कृतीकर्मी तिर्थ श्रेष्ठले बताए ।

नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल सम्बत चलाएका हुन् । सरकारले नेपाल सम्बतका प्रबद्धर्धक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

नेपाल संवतको असवरमा पोखरामा भिन्तुना ¥याली

नेपाल संवतको असवरमा पोखरामा भिन्तुना ¥याली

Posted by Ganthan.com on Wednesday, November 7, 2018

कमेन्टहरु
Loading...