पोखरा महानगरको चौंथो नगर सभा सुरु

पोखरा ११ माघ /पोखरा महानगरपालिकाको चौथो नगरसभा शुक्रबार सुरु भएको छ । पोखरा सभागृहमा सुरु नगरसभामा आठ वटा कानूनका मस्यौदा प्रस्तुत गरिएको भएको छ । नगर सभामा महानगर विधायन समितिका संयोजक शोभामोहन पौडेलले विधेयकहरु सभामा प्रस्ततु गरे ।

सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत भयो । नगरसभामा बोल्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानूनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै संघ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताए । उनले नगर सदस्यहरुले मस्यौदा अध्ययन गरेर आवश्यक र महत्वपूर्ण विषय संसोधनका लागि सुझाव दिन अनुरोध गरे ।

जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उनँले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकामा जोड दिए । उनले मस्यौदा अध्ययनका लािग शनिबार एक दिन समय दिएको बताउदै बैठक आइतबार विहान ११ बजेटसम्मका लागि बैठक स्थागित भएको जानकारी दिए ।

विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी आइतबारै सभाबाट पारित गरिने कार्यक्रम रहेको छ । नगरसभा बोल्दै नेपाली काँग्रेसका सचेतक रामजारज लामिछानेले विधेकका मस्यौदा अध्ययनका लागि एक महिना अगाडी नै दिनुपर्ने बताए । उनले सभामा मात्रै मस्यौदा दिदा अध्ययनका लागि समय कम हुने बताए । महानगरपालिकाले यसअघि ३९ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ ।

नगर सभासद्लाई अध्ययनका लागि प्रदान गरिएको प्रस्तुत मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । स्थानीय तहको निर्वाचन भएको करिब १९ महिना वितेको छ । १९ महिनाको बीचमा महानगरले दुई पटक बजेट अधिवेशन र एक पटक हिउँदे नगर सभा गरेको छ । नगर सभाबाट पारित भएका कानुनहरु स्थानीय राजप पत्रमा प्रकाशित भएर प्रमुखले प्रमाणित गरेपछि कार्यान्वयनमा आउँछ ।

यसैवीच नगरसभामा पोखरा महानगरपालिकाले प्रकाशन गरेको त्रैमासिक पत्रिका पोखरा दर्पणको विमोचन गरिएको छ । महानगरको परिचय, निर्वाचित जनप्रतिनिधि आएपछि भएका कार्य, आगामी योजना लगायत महानगरको बारेमा समेटेर तयार पारिएको उक्त पत्रिकाको महानगरका प्रमुख मानबादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले संयूक्त रुपमा विमोचन गरे । मेयरका प्रेस संयोजक माधव प्रसाद बरालको संयोजकत्वमा एकराज गिरी, नवराज सापकोटा, सोम लम्साल र मन क्षेत्री सदस्य रहेको पाँच सदस्यीय सम्पादक मण्डलले उक्त पत्रिका प्रकाशनको जिम्मेवारी पाएको छ ।

कमेन्टहरु
Loading...