पोखरामा मिटरमा जान नमान्ने ५३ ट्याक्सी एकै दिन नियन्त्रणमा

पोखरा, २६ असोज / पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा मिटरमा नगई आफु खुसी जथाभाबि भाडा लिने ४७ ट्याक्सी कार्वाहीमा परेका छन् ।

कास्की प्रहरीले ४७ ट्याक्सी तथा मिटर नै जडान नगरी आफु खुसी रकम भाडा लिने ५ गरी ५३ बटा ट्याक्सी र चालक समेतलाई कार्बाहीको लागी नियन्त्रण लिएको छ ।

ट्याक्सीहरुले यस अधि बिभिन्न तहबाट पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडामा लिई मिटरमा जान नमानि बार्गेनिङ गर्ने गरेपछि प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी निरिक्षक नरहरि अधिकारीले जानकारी दिए ।

प्रहरीले शनिबार गरेको स्विप अपरेशनको क्रममा मिटरमा जान नमानि तथा मनोमानी रुपमा मिटरमा नचलाई बार्गेनिङगरी बढी भाडा असुल गर्ने ४७ बटा ट्याक्सी र मिटर जडान गर्ने म्याद दिदा समेत अटेरी गरी मिटर जडान नै नगरी चलाई यात्रु ठगी गर्ने ५ ट्याक्सी र चालक समेतलाई आबश्यक कार्बाहीको लागि नियन्त्रणमा राखेको अधिकारीले जानकारी दिए ।

यस्ता प्रबृति भएका अन्य ट्याक्सी चालकहरुको जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट सयुक्त रुपमा नै सुचना संकलन , निग्रानी , चेकिङ, अनुगमन तथा स्विप अपरेशन कार्यलाई तिब्र रुपमा अगाडी बढाईएको उनले बताए ।

बढि भाडादर भनेमा प्रहरी कण्ट्रोल रुम १००, ९८५६०३९५९९, कार्यालय प्रमुखको ९८५६००५५५५ , प्रवक्ता ९८५६०३५५१२ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नम्बरमा १०३ मा सम्पर्क गरेर जानकारी दिन समेत अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...