पोखरामा मापदण्ड विपरित बनेको खतिवडाको घर भत्कायो, स्थानीय र जनप्रतिनिधिबीच लफडा

पोखरा, ११ चैत /पोखरा महानगरपालिकाले मापदण्ड विपरित बनेको पोखरा ५ को एक घर भत्काएको छ । सोमबार पोखरा ५ धारापानी मार्गमा रहेको यूवराज खतिवडाको घर भत्काईएको हो ।

सार्वजनिक जग्गा मिचेर घर बनाएकोले भत्काउन बाध्य भएको महानगरले जनाएको छ ।
वडा सदस्य अञ्जु केसीसँगको टकरावका कारण महानगरले अन्याय गरेको केही स्थानीयको आरोप छ भने महानगरले चाहीँ मापदण्ड विपरित बनेका घरहरु त्यसै नछोड्ने बताएको छ ।

पोखरामा मापदण्ड विपरित बनेको खतिवडाको घर भत्कायो
पोखरामा मापदण्ड विपरित बनेको खतिवडाको घर भत्कायो

तर महानगरले मापदण्ड विपरित बनेकोले घर भत्काउन खतिवडालाई पत्राचार गरिसकेको थियो । पत्राचार गरिएको समयमा घर नभत्काएकोले महानगरले आँफै भत्काउनुपरेको प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले बताए ।

कानुन सबैलाई समान भएकोले पहुँचका भरमा कसैले पनि सार्वजनिक सम्पत्ति दुरुपयोग गर्न नपाउने उनको भनाई छ । घरधनी खतिवडा चाहीँ आँफुले किनेको जग्गामा घर बनाएको भन्दै रिसिईवीका कारण महानगर आँफुमाथी खनिएको गुनासो गरेका छन् ।

घर भत्काउन पुग्दा स्थानीय, प्रहरी र जनप्रतिनीहरुबीच भनाभन समेत भएको थियो । वडा प्रहरी कार्यालय बैदाम, नगर प्रहरी सहितको उपस्थितिमा उनको घर भत्काईएको हो ।

कमेन्टहरु
Loading...