पोखराको मालेपाटनमा मोटरसाइकलले ठक्कर दिदा दुई युवती घाइते

पोखरा, २४ मंसिर / पोखरा महानरपालिका ५ मालेपाटनमा बा ३७ प २८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा दुई जना घाइते भएका छन् ।

पोखरा ५ मालेपाटन बस्ने १६ बर्षकी स्वस्तिका पराजुली र १७ बर्षकी सोनी थापालाई ठक्कर दिंदा घाइते भएका छन् । घाइते भएकाहरुलाई मेट्रोसिटि अस्पताल पोखरामा उपचार भएको छ ।

प्रहरीले मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।

कमेन्टहरु
Loading...