Ganthan News Pokhara
All news from Pokhara & around

पोखरा महानगरको फेरी अर्को वडामा चोरी

चोरी
0

पोखरा, १४ असार /पोखरा महानगरभित्रका वडा कार्यालयमा चोरी हुने वडाको सुचिमा फेरी एउटा वडा थपिएको छ । पोखरा वडा कार्यालयहरु पालैपालो चोरी भइरहेका छन् ।

शुक्रबार राती पोखरा महानगरपालिकाको वडा नम्बर २५ को वडा कार्यालयमा चोरी भएको छ ।

हेम्जामा रहेको वडा कार्यालयको मेनगेटको ताला फोरेर सचिवको कार्यकक्ष र प्रशासन कोठाका गरी तीन थान कम्प्युटर चोरी भएको वडाध्यक्ष शोभाकर तिमिल्सिनाले जानकारी दिए ।

शनिबार बिहान खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बगरबाट टोलीले चोरीको बारेमा अनुसन्धान अगाडी बढाएको छ ।

पोखरामा यस अगाडी वडा नम्बर ५, १३, १४, १५ र १६ लगायतका वडा कार्यलयहरुमा चोरी भइसकेको थियो ।

पछिल्लो समय चोरको निसानामा वडा कार्यालयका कम्प्युटर पर्ने गरेका हुन् । एक पछि अर्को वडा चोरी भए पनि प्रहरीले चोरी गर्नेलाई पक्राउ गर्न सकेको छैन ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु