पोखरा महानगरपालिकामा नयाँ कर प्रणाली शुरु

पोखरा, ८ कार्तिक /पोखरा महानगरपालिकाले बुधबारदेखि लागू हुने गरि नयाँ कर प्रणाली सुरु गरेको छ । महानगरले निकालेको राजपत्र अनुसार अव सम्पत्ति कर र मालपोत कर लागू हुने छ । यसअघि एकीकृत सम्पत्ति कर लिँदै आएको महानगरले बुधबारदेखि नयाँ कर सुरु गरेको हो ।

पहिलो चरणमा पोखरा महानगरको मुख्य कार्यालयबाट कर संकलन गर्ने र सफ्ट्वेयर तयार भएपछि वडा तहबाट पनि कर लिने ब्यवस्था मिलाईने महानगरले जनाएको छ । यसअघि अवैध रुपमा एकीकृत सम्पत्ति कर लिएको भन्दै उच्च अदालतमा रिट परेको थियो ।

रिटको सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर खारेज गर्न महानगरलाई अन्तरिम आदेश पठाएको थियो । त्यसपछि मात्रै नयाँ करबारे छलफल सुरु भएको हो । करिब १ महिनाको तयारी पछि महानगरले नयाँ ब्यवस्था अनुसार कर संकलनको बाटो निर्माण गरेको हो ।

कमेन्टहरु
Loading...