छुटेका योजना समावेश गर्ने भएपछि वडाध्यक्षहरुको आन्दोलन फिर्ता

पोखरा, १३ असार/ बजेट समावेशी हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका पोखरा महानगरपालिका वडाध्यक्षहरुले आन्दोलन फिर्ता लिएका छन् ।

शुक्रबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले र आन्दोलनमा रहेका नेपाली काग्रेसका वडा अध्यक्षहरुको वार्ता पछि आन्दोलन फिर्ता भएको हो ।

‘वडामा छुटेका महत्वपूर्ण योजनाहरुलाई समावेश गर्ने सहमति पछि आन्दोलन फिर्ता भएको हो ।’ आन्दोलनरत वडाध्यक्षहरु मध्ये पोखरा महानगरपालिका–९ का वडाध्यक्ष राजाराम लामिछानेले भने–‘छुटेका योजनालाई समावेश गर्नुपर्छ भन्ने हाम्रो माग थियो । मेयरसाबले त्यसविषयमा सकारात्मक हुनुभयो । आन्दोलन हामीले फिर्ता लियौं ।’

पोखरा महानगरका मयेर जिसीले वडामा छुटेका महत्वपूर्ण योजनाहरुलाई समावेश गर्ने बताए वडाहरुमा छुटेका योजनालाई समावेश गर्नको लागि सम्बन्धित वडाहरुलाई आग्रह गरिसकिएको उनको भनाई थियो । दुई÷तीन भित्रमा वडाहरुले छुटेका महत्वपूर्ण योजनालाई ल्याने लामिछानेले बताए ।

कमेन्टहरु
Loading...