पोखरा महानगरको नाम अब पोखरा मात्र

पोखरा, २५ भदौ/ मुलुकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथको नाम हेरफेर भएको छ । अब पोखरा

महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित छ । नेपाल

राजपत्रको भाग ५ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर

गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जनाएका छन् । उक्त उपदफामा गाउँपालिका वा

नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको

दुईतिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने

उल्लेख छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको सिफारिस पारित गरी राजपत्रमा

प्रकाशित भएपछि फेरिएको केन्द्र वा नाम कार्यान्वयन हुन्छ ।

पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताव नगर सभाले असार १२ गते सर्वसम्मत

पारित गरेको थियो । साउनको पहिलो शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त प्रस्ताव प्रदेश सरकारमा

पठाउने निर्णय गरेको थियो । प्रदेश सरकारले सिफारिस गरेपछि २०७४ साउन २३ गते बुधबार नेपाल सरकारको

मन्त्रिपरिषद बैठकले नाम हेरफेर निर्णय गरेको थियो । त्यसको महिना दिन ढिलो गरी सोमबार राजपत्रमा

सूचना प्रकाशित भएको हो ।

राज्य पुनःसंरचना आयोगले २०७३ फागुन २३ गते पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका तथा

केही साविक गाविस मिसाएर पोखरा लेखनाथ महानगरपालिका नामकरण गरेको थियो । त्यसअघि २०५२ माघ

२० गते पोखरा उपमहानगरपालिका घोषणा भएको थियो । २०१६ सालमा पोखरा नगरपालिका घोषणा भएको हो

। २०७१ साल मंसिर १६ गते उपमहानगरपालिका विस्तार गरी केही गाविस थपेर १८ बाट २९ वटा वडा पु¥याएको

थियो । लेखनाथमा पनि भरतपोखरी गाविस थपेर १५ बाट १८ वडा बनाइएको थियो ।

कविशिरोमणि लेखनाथ पौड्यालको नाममा रहेको नगरपालिका नरहेपछि उनको नामबाट कुनै प्राज्ञिक थलोलाई

बनाउँदा अझ सान्दर्भिक हुने अधिकांशको सुझाव छ । कविशिरोमणि लेखनाथका कृतित्व र व्यक्तित्वलाई नयाँ

पुस्तासम्म जोड्ने, जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्य बनाउने, लेखनाथमा ठूलो लाइब्रेरी र

देशभरका लेखक, कलाकारको सिर्जनसँग अघौं अचर्लेलाई जोड्न लाग्नुपर्ने जनस्तरबाटै महानगरलाई सुझाव छ ।

कमेन्टहरु
Loading...