पोखरा महानगरको नीति तथा कार्यक्रम प्रति कांग्रेसका वडाध्यक्षको असहमति

पोखरा, १० असार/पोखरा महानगरपालिकाले सोमबार आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका वडा अध्यक्षहरुले असहमति जनाएका छन् ।

नीति तथा कार्यक्रम कर्यापालिकाको बैठकमा प्रस्तुत नै नगरि पास गरिएको भन्दै वडा अध्यक्षहरुले असहमति जनाएका हुन् । नीति तथा कार्यक्रम विपक्षीहरुको असहमति हुँदाहुँदै बहुमतले पास गरिएको छ ।

वडा नम्बर २, ३, ४, ६, ९, १०, ११, १२,, २३, २७ र ३२ को तर्फबाट महानगरपालिकको नेपाली कांग्रेस तर्फको दलको नेता तथा सचेतक रामराज लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रम प्रति असहमति जनाएका हुन् ।

नीति तथा कार्यक्रमले महानगरका गौरवपूर्ण योजनालाई समेट्न नसकेको लामिछानेले बताए । उनले नीति तथा कार्यक्रममा बस पार्क र रिङ रोडको बारेमा उल्लेख नगरिएको, सन् २०१९ सम्म महानगरलाई बालमैत्री बनाईने भनि पहिला नै घोषणा गरिएको योजनालाई नसमेटीएको भन्दै आफूहरुको असहमति रहेको जनाएका छन् ।

यसैगरी शान्ति घाटमा सम्पन्न हुन लगेको उर्जा शवदहलाई नीति तथा कार्यक्रममा विद्युतीय शव दह भनि गलत व्याख्या गरिएको, पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने विषयलाई नीति तथा कार्यक्रममा उल्लेख नगरिएको बताएका लामिछानेले बताएका छन् । महेन्द्र पुल र पृथ्वीचोकमा आकासे पुल बनाउन पहल नगरिएको, फेवाताल बाहेक अन्य तालको विषयमा नीति तथा कार्यक्रममा उल्लेख नगरिएको, वडाको सरसफाई गर्ने जिम्मा वडामा नै दिनु पर्छ भन्दा नदिइएकोमा आफूहरुले असहमति जानएको उनले उल्लेख गरे ।

यसभन्दा अघि पनि धेरै नीति तथा कार्यक्रम प्रस्तुत गरिए पनि कार्यान्वयन हुन नसकेको भन्दै लामिछानेले यस पटकको नीति तथा कार्यक्रम पनि नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा शंका व्यक्त गरे । ‘नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी जसरी वस्तुगत ढंगबाट आउनु पर्ने थियो त्यसरी आएको छैन’ लामिछानेले भने, ‘फेरि पनि यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भननेमा हामि विश्वस्त छैनौं ।’

यसैगरी महानगरका मेयर मानबहादुर जिसीले आज प्रस्तुत गर्ने बजेट हरेक वडामा कुनै पनि भेदभाव नगरी समानुपातिक तरिकाले आउनु पर्ने लामिछानेले माग गरेका छन् । ‘बजेट समानुपातिक हिसावले आएन भने हामिले विरोध गर्छौं’ उनले भने, ‘मेयरले सबैलाई समानुपतिक तरिकाले समेट्ने गरी बजेट ल्याउनु हुन्छ भन्नेमा हामि आशावादी छांै ।’

कमेन्टहरु
Loading...