पोखरा महानगरको सहकारी ब्यवस्थापन समितिको अध्यक्षमा अधिकारी (पोखरा महानगरका १२ निणर्य यस्ता)

पोखरा १० मंसिर / पोखरा महानगरपालिकाले पोखरा महानगर स्तरीय सहकारी ब्यस्थापन समिति गठन गरेको छ । महानगरपालिका नगरकार्यपालिकाको मंसिर ७ गते बसेको २४ औं पूर्ण बैठकले सहकारी ब्यवस्थापन समितिको अध्यक्षमा तेजनारायण अधिकारीलाई नियूक्त गरेको हो ।

पोखरा महानगरपालिकाको सहकारी नियमावलीको दफा ६ मा उल्लेख भए बमोजिम समिति गठन गरिएको महानगरका प्रवत्ता धनबहादुर नेपालीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बैठकले समितिको सदस्यहरुमा कार्यपालिका सदस्य राधिका शाही योगी, वडा नम्वर २४ का अध्यक्ष ओमप्रसाद सुबेदी, वडा नम्वर २६ का अध्यक्ष पुर्णकुमार गुरुङ्ग रहेका छन् ।

त्यस्तै सहकारीहरुका तर्फबाट सदस्यमा भिम गुरुङ्ग, डा.उमानाथ बराल र सहकारी विज्ञका तर्फबाट सोमलाल कडेल र सदस्य सचिवमा महानगरका उपसचिव गंगालाल सुबेदी रहेका छन् ।

त्यस्तै बैठकले महानगरको शिक्षानियमावली २०७४ को परिच्छेद ३ (क) दफा २४ मा व्यवस्था भएबमोजिम महानगर शिक्षा परिषद् समेत गंठन गरेको छ । परिषदेको अध्यक्षमा महानगर प्रमुख मानबहादुर जि सी, उपाध्यक्ष उप–प्रमुख मन्जु देवि गुरुङ्ग रहेका छन् ।

अन्य निर्णयहरु यस्ता छन् ।
निर्णय नं. १

पोखरा महानगरपालिकाको भवन तथा पुर्वाधार निर्माण सम्बन्धी मापदण्ड २०७५ प्रतिबेदनका प्रावधानहरुको सम्बन्धमा कार्यपालिका वैठकमा विस्तृतरुपमा छलफल राय परामर्श गरियो । हालसालै सम्मानित सर्वोच्च अदालतबाट फेवातालको मापदण्ड सम्बन्धमा भएको फैसला आदेश समेतलाई मध्यनजर गरी कार्यापाललिका सदस्यरुले उक्त प्रतिवेदन उपर थप अध्ययन छलफल गरी अर्को कार्यपालपालिका वैठक निर्णयार्थ पेश गर्ने निर्णय गरियो ।

निर्णय नं. २

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था बमोजिम तयार गरिएको नगर युवा परिषद् गंठन तथा व्यवस्थापन सम्वन्धी कार्यविधि–२०७५ सम्बन्धमा ७ दिन भित्रमा कार्यापालिकाका सदस्यहरुबाट राय सुझाव प्राप्त भएका सो समेत समावेश गरी आवश्यक संशोधन सहित स्वीकृत गरी प्रकाशन गर्ने निर्णय गरियो ।

निर्णय नं. ३

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्थाबमोजिमतयार गरिएको “पोखरा महानगरपालिका ऊर्जा विकास सम्बन्धी निर्देशिका, २०७५” लाई स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं. ४

स्थानीय सरकार सञ्चालन ऐन २०७४ व्यवस्था बमोजिम जारी गरिएको पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४ अधिनमा रही “पोखरा महानगरपालिका कोचिङ कक्षा ÷ शिक्षण सहयोग केन्द्र लगाएत संस्था सञ्चालन निर्देशिका २०७५” लाई स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं. ५

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था बमोजिम जारी गरिएको सार्वजनिक नीजि साझेदारी सम्बन्धी ऐन २०७४ को अधिनमा रही तयार गरिएको सार्वजनिकनीजि साझेदारी सञ्चालननियमावली–२०७५लाई स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं. ६

पोखरा महानगरपालिकाको आधिकारिक लोगो तथा भवनहरुको उपयुक्त रङ सम्बन्धमा आवश्यक अध्ययन राय परामर्श गरी नगर कार्यापालिका समक्ष सिफारिस गर्नकोलागि कार्यपालिका सदस्य द्वय श्री धनबहादुर नेपाली र रबिन्द्र बहादुर प्रजु रहेको एक सिफारिस समिति गठन गरी कार्य अगाडि बढाउने निर्णय गरियो । साथै छनौट हुने लोगो तयार गर्ने व्यक्तिलाई पुरस्कार स्वरुप रु. ५०,०००। (पचास हजार रुपैया) उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. ७

पोखरा महानगरपालिकाको सहकारी नियमावलीको दफा ६ मा उल्लेख भएबमोजिम निम्नानुसार सहकारी व्यवस्थापन समिति गंठन गर्ने निर्णय गरियो ।
निम्न ः
अध्यक्ष ः श्री तेजनारायण अधिकारी, पोखरा म.न.पा. ७
सदस्य ः श्री राधिका शाही योगी ।
सदस्य ः श्री ओम प्रसाद सुबेदी ।
सदस्य ः श्री पुर्ण कुमार गुरुङ्ग ।
सदस्य ः श्री भिम गुरुङ्ग ।
सदस्य ः श्री डा.उमानाथ बराल ।
सदस्य ः श्री सोमलाल कडेल ।
सदस्य सचिव ः श्री गंगालाल सुबेदी ।

निर्णय नं. ८

महानगरको शिक्षानियमावली २०७४ को परिच्छेद ३ (क) दफा २४ मा व्यवस्था भएबमोजिम महानगर शिक्षा परिषद् निम्नानुसार गंठन गर्ने निर्णय गरियो । तपसिल ः
अध्यक्ष ः महानगर प्रमुख श्री मानबहादुर जि सी ।
उपाध्यक्ष ः उप–प्रमुखश्री मन्जु देवि गुरुङ्ग ।
सदस्य ः महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतश्री शेषनारायण पौडेल ।
सदस्य ः नगर कार्यपालिकाको सदस्य तिनजना (महिला सदस्य एकजना सहित)
१) श्री जगत बहादुर पहारी
२) श्री सन्तु सुबेदी
३) श्री श्रीराम पोखरेल ।
सदस्य ः महानगरपालिका योजना आयोगको शिक्षा क्षेत्र हेर्ने एक जना ।
सदस्य ः शिक्षाविदवा विशेषज्ञहरु मध्ये सात जना
१) श्री डा. गेहेन्द्रश्वर कोईराला
२) श्री डां टंक तिमिल्सिना
३) श्री राधाकृष्ण लामिछाने
४) श्री धनराज आचार्य
५) श्री त्रिपुरेश्वर त्रिपाठी
६) श्री डा. दिल बहादुर क्षेत्री
७) श्री डा. रामचन्द्र पोखरेल।
सदस्यःश्री रामप्रसाद पोखरेल
सदस्यःश्री दिनेश श्रेष्ठ
सदस्य सचिव ः श्री नगर शिक्षा अधिकारी ।
अन्य सदस्यहरु परिषद बैठकबाट मनोनयन गरिने छ ।

साथै शिक्षानियमावलीको परिच्छेद ४ दफा २५ मा भएको व्यवस्था एवं संशोधन समेतका आधारमा महानगर शिक्षा समिति निम्नानुसार गंठन गर्ने निर्णय गरियो ।
तपसिल ः
अध्यक्ष ः नगर प्रमुख श्री मानबहादुर जि.सी.
सदस्य ः प्रमुख प्रशासकिय अधिकृत
सदस्य ः श्री मित्रलाल बराल
सदस्य ःश्री अक्कल बहादुर कार्की
सदस्यःश्री शिरोमणि लामिछाने
सदस्यःश्री कृष्ण बहादुर केसी
सदस्यःशिक्षाविदहरु मध्येबाटशिक्षा समितिले मनोनयन गरेको तिनजना ।
सदस्य सचिव ः महानगर शिक्षामहाशाखाप्रमुख
अन्य सदस्यहरु समिति बैठकबाट मनोनयन गरिने छ ।

निर्णय नं. ९

फिनल्याण्ड सरकारको आर्थिक सहयोग एंव सहुलियतपुर्ण ऋणमा पोखरा महानगरपालिकाको एकिकृत खानेपानि ब्यवस्थापनका लागि फिनल्याण्ड सरकारद्धारा स्विकृत प्राप्त कन्सल्टेन्ट RAMBOLL बाट पेश भएको प्रारम्भिक प्रतिबेदन सम्बन्धित निकायमा अगाडि बढाउन सहमति दिने निर्णय गरियो ।

निर्णय नं. १०

बेगनास रुपाप्राकृतिक स्रोत ब्यवस्थापन केन्द्रको लागिजग्गा ब्यवस्थापनका सम्बन्धमा पोखरा महानगरपालिका ३१ नं. वडा बेगनास अन्र्तगतको कि.नं २ को क्षे.फ. ३५२–३–०–०, मध्ये ठुलीपोखरी मुलबाटो देखि उतर तर्फको सार्वजनिकजग्गाबेगनास रुपाप्राकृतिक स्रोत ब्यवस्थापनप्राज्ञिक केन्द्र स्थापनाकाउपलब्ध गराउने सन्दर्भकालागि स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद १३,स्थानियतहको सम्पति सुरक्षा सम्बन्धिब्यवस्थादफा ९७को उपदफा ३ अनुसारमहानगरपालिकाले प्रदेश सरकार मार्फत संघिय सरकारसग अनुमतिलिने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

साथै पोखरा बिश्वबिद्यालयका लागि जग्गा ब्यवस्थापनका सन्दर्भमा छलफल हुदापोखरा महानगरपालिका ३१ नं. वडामा रहेको किंनं ७५० ,नेपाल सरकारको नाउमा रहेको जग्गा पोखरा बिश्वबिद्यालयलाई हकभोग उपलब्ध गराउने सन्दर्भका लागि स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद १३, स्थानियतहको सम्पति सुरक्षा सम्बन्धिब्यवस्थादफा ९७ को उपदफा(३)अनुसार महानगरपालिकाले प्रदेश सरकार मार्फत संघिय सरकारसग अनुमतिलिने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

त्यस्तै गरि प्रदेशस्तरिय आयुर्बेद अस्पताल निर्माण तथाब्यवस्थापनका सन्दर्भमा छलफल हुदापोखरा महानगरपालिका २६ नं. वडा स्थित अमरज्योति सामुदायिकबन उपभोक्ता समितिको नाममा रहेको कित्तान ७४५ को जग्गामध्येबाट २५ रोपनिजग्गाप्रदेशस्तरिय आयुर्बेद अस्पताल निर्माण तथाब्यवस्थापनकालागिस्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद १३,स्थानियतहको सम्पति सुरक्षा सम्बन्धिब्यवस्थादफा ९७को उपदफा (३) अनुसार महानगरपालिकाले प्रदेश सरकार मार्फत संघिय सरकारसग अनुमतिलिने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

निर्णय नं. ११

महिला सुरक्षा गृह निर्माणका लागि पोखरा महानगरपालिका वडा न ३३ सगको सहकार्यमा जग्गा ब्यवस्थापनका लागि कित्ता न एकिन गरी जग्गा ब्यवस्थापन गरी स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद १३,स्थानियतहको सम्पति सुरक्षा सम्बन्धिब्यवस्थादफा ९७को उपदफा (३) अनुसार महानगरपालिकाले प्रदेश सरकार मार्फत संघिय सरकारसग अनुमतिलिने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

निर्णय नं. १२

विविध यस पोखरा महानगरपालिका क्षेत्रभित्र डेंगुरोग प्रकोप अनियन्त्रीत तवरले फैलिरहेको हुनाले सो रोग नियन्त्रणका लागि अभिमूखिकरण तथा पहिलोपटकको लागिखोज र नष्टगर्ने अभियान व्यापक रुपमा संचालन गर्नु पर्ने भएकोले देहाय अनुसारको रकम अनुमान गरि गण्डकी प्रदेश अन्र्तगत सामाजिक विकास मन्त्रालय संग माग गर्ने निर्णय गरियो । तपसिल ः
ड्ड ३३ वटै वडाहरुमाअभिमुखीकरण कार्यक्रम रु. ९,१४,१०० –
ड्ड आर्भा नष्ट गर्ने अभियान रु. ४३,८२,४०० –
ड्ड बैठक तथाविविध रु. ५५,००० –
जम्मा रु. ५३,५१,५०० –
पोखरा महानगरपालिकाबाट – १४,६३,५०० –
नपुग रकम रु. ३८,८८,००० – (सामाजिक विकास मन्त्रालय संग माग)

निर्णय नं. १२ विविध
यस पोखरा महानगरपालिका वडा नं.–२१ स्थित निर्मलपोखरी स्वास्थ्य चौकिभवन जिर्ण भै नयाँनिर्माण गर्नु पर्ने अवस्थामा भएको र सो भवनका लागि जग्गा समेत कम भएकोले साविक निर्मलपोखरी गा.वि.स.वडा नं.–९ स्थित कि.नं. ५०५ क्षे.फ. १८–५–१–३ को बाझिपोखरी भन्ने स्थानमानयाँ सुविधा सम्पन्न् भवन निर्माणका लागि प्रकृया अघि वढाईदिन स्वास्थ्य सेवाविभाग समक्ष सिफारिश गरि पठाउने निर्णय गरियो । साथै वडा समितिको बैठकबाट माग भए बमोजिम पोखरा महानगरपालिका वडा न ११ काहु स्वास्थ्य चौकि,पोखरा महानगरपालिका वडा न २० मौजा स्वास्थ्य चौकिमा नयाँ सुविधा सम्पन्न् भवननिर्माणका लागिप्रकृया अघि वढाईदिन स्वास्थ्य सेवाविभाग समक्षसिफारिश गरि पठाउने निर्णय गरियो ।

निर्णय नं. १२ विविध
पोखरा महानगरपालिकाको घ वर्गको निर्माण इजाजत पत्र प्रदान सम्बन्धि कार्यबिधि २०७५ मा उल्लेख भए बमोजिम प्रस्ताव प्राप्त निम्न लिखित निर्माण ब्यवसायीलाई घ वर्गको निर्माण इजाजत पत्र दिने निर्णय गरियो ।
क) कास्की सनस्टार कन्स्ट्रक्सन
ख) पौडेल ब्रदर्श कन्स्ट्रक्सन
ग) युग प्रा.लि. कन्स्ट्रक्सन ।

निर्णय नं. १२ विविध
वडा समितिको बैठकबाट माग भए बमोजिम पोखरा महानगरपालिका वडा न १,वडा न ५,वडा न ७ र वडा न १७ को सेवा सुबिधालाई थप सहज बनाउनका लागि वडा कार्यालय भवन निर्मााणका लागि जग्गा प्राप्तिका लागि स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद १३,स्थानियतहको सम्पति सुरक्षा सम्बन्धिब्यवस्थादफा ९७को उपदफा (३) अनुसार महानगरपालिकाले प्रदेश सरकार मार्फत संघिय सरकारसग अनुमतिलिने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

 

कमेन्टहरु
Loading...