पोखरा, २८ भदौ/पोखरामा भएका पार्कलाई संरक्षण गर्दै पोखरा महानगरपालिकाले खुल्ला व्यायामशाला बनाउने
योजना ल्याएको छ । खुल्ला व्यायामशाला निर्माणका लागि महानगरले यस आर्थिक वर्षमा ९० लाख बजेट समेत
छुट्टाएको छ ।
नागरिकलाई स्वास्थ्य राख्ने उद्देश्यले महानगरपालिकाले पार्कमा व्यायाम गर्न आवश्यक उपकरण राख्ने योनजा
ल्याएको छ । ‘पार्कमा बन्ने मात्रै हैन शारीरिक व्यायाम गर्न उपयुक्त व्यायामका सामाग्री राख्ने योजना छ ।’ पोखरा
महानगपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले भने–‘ पोखराका ९ स्थानमा
यस वर्ष बनाउनका लागि स्थानको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने छौ ।’
अन्तर्राष्ट्रिय शहरमा पार्कमा व्यायाम गर्न आवश्यक उपकरण राखिएको हुन्छ । खुल्ला व्यायामशालामा
साईक्लिङ, भीमतान्ने फलाम जडान, सेटअप गर्ने लगायत शारीरिक व्यायामको लागि आवश्यक उपकरण राख्ने
योजना महानगरपालिकाको छ । पार्कमा व्यायामशाला बनाएपछि विहान र बेलुकी टहलिने सर्वसाधारणले
शारीरिक व्यायाम समेत गर्न पाउने महानगरपालिकाले जनाएको छ । प्रत्येक पार्कमा छुट्टाछुट्टै प्रकृतिका
सामानहरु राख्ने तिमिल्सिनाले बताए ।