पोखरा महानगरपालिका –२३, बाम्दीमा अस्थायी प्रहरी चौकी

पोखरा, १ असोज / पोखरा महानगरपालिका–२३, बाम्दीमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । गण्डकी

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव निरीक्षक दानसिंह बोहराले सोमबार एक कार्यक्रमबीच उक्त अस्थायी

प्रहरीचौकीको उद्घाटन गरेका हुन् । कार्यक्रममा डीआइजी बोहराले स्थानीय नागरिकको सहयोगबिना समाजमा

शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रण गर्न नसकिने औंल्याए । प्रहरीचौकीको स्थापनापछि समाजमा कुनैपनि

विकृति विसंगति आउन नदिन प्रहरीसँग मिलेर कार्य गर्न स्थानीय नागरिक समाज, राजनीतिक दल र सामाजिक

संघसंस्थाहरुसँग डीआइजी बोहराले आग्रह गरे ।

कास्कीको जिल्ला प्रहरी कार्यलय मातहत रहनेगरी प्रहरी सहायक निरीक्षकको कमाण्डमा हाल ५ जना प्रहरी

रहनेगरी अस्थायी प्रहरीचौकी स्थापना गरिएको कास्की प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर

रानामागरले उल्लेख गरे ।

पोखरा महानगरपालिका –२३, बाम्दीमा अस्थायी प्रहरी चौकी
पोखरा महानगरपालिका –२३, बाम्दीमा अस्थायी प्रहरी चौकी

कार्यक्रममा पोखरा–२४ का वडासदस्य अग्नीधर त्रिपाठी, नेपाल कम्युनिष्ट पार्टी प्रतिनिधि प्रेमराज भण्डारी, नेपाली

काँग्रेस प्रतिनिधि रामकाजी गुरुङ, राप्रपा जिल्ला सदस्य पूर्णाखर सुनार, सामुदायिक सेवाकेन्द्र बैदामकी अध्यक्ष

मिना भट्टराई, कास्की जिल्ला सामुदायिक सेवाकेन्द्र समन्वय समितिका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली,

स्थानीय बुद्धिजीवी हरिप्रसाद लामिछाने, जागरण महिला सञ्जालकी गीता बि.कलगायतले शुभकामना मन्तव्य

राखेका थिए ।

पोखरा–२३ का वडाअध्यक्ष बिष्णुप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य दुर्गाबहादुर घलेले

स्वागत मन्तव्य, वडा सदस्य भरतराज भण्डारीले धन्यवाद ज्ञापन र शिक्षक प्रेमप्रसाद पराजुलीले कार्यक्रम संचालन

गरेका थिए ।

कमेन्टहरु
Loading...