नेपाल पुलिस क्लब लिग ९ अंकसहित शीर्षस्थानमा

सागर राज तिमिल्सिना
पोखरा, २ पुष/ एकैदिन दोहोरो जित निकाल्दै नेपाल पुुलिस क्लब पोखरामा आयोजित भलिबल प्रतियोगितामा ९ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । आर्मी र सशस्त्रको समान ६–६ अंकसहित दोस्रो, तेस्रो स्थानमा छन् भने हेल्प नेपाल क्लब ५ अंकका साथ चौथो स्थानमा छ । दुई दिनमा तीन खेलमा पराजित भएको नयाँबजार सामाजिक युवा क्लब भने १ अंकका साथ पाँचौ स्थानमा छ ।

नेपाल पुलिस क्लबले जावलाखेल माथि २५–२१, २५–१४ र २५–१८ को सेटमा पराजित गर्दै अगाडि बढेको पुलिसको विजययात्रालाई नयाँबजारले रोक्ने सकेन् । सोमबार पहिलो खेलमा जावलाखेलमाथि सोझो सेटले पराजित गर्दै आत्मविश्वासी देखिएको नेपाल पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित नयाँबजारलाई दिनको अन्तिम खेलमा चौथो सेटमा पराजित गर्यो । पुलिसले नयाँबजारलाई २५–२२, २५–२१, १९–२५ र २५ –१३ को सेटमा पराजित गरेको थियो ।

शसस्त्र प्रहरी बलको एपीएफ क्लबले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ । शसस्त्रले २५–१८, २५–१५ र २५–१७ मा हराउँदै लिगको तेस्रो स्थानमा छ । दुई खेल खेलेको आर्मीले ६ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले ढोरपाटन स्र्पोट्स क्लबलाई सोझो सेटमा पराजित गरेको छ । आर्मीले ढोरपाटन माथि २५–१९, २५–१७ र २५–१२ को सेटमा पराजित गरेको हो ।

हेल्प नेपाल स्पोर्टस क्लबले आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा दोस्रो जित निकालेको छ । हेल्प नेपालले नयाँबजारलाई २०–२५, २५–२२, २५–२१, १६–२५ र १५–११ ले पराजित गरेको थियो । हेल्प नेपालले नयाँ बजार सगँ पाँच सेट लेल्दै अंक बाढ्यो । हेल्प नेपाल २ र नयाँ बजारले १ अंक प्राप्त गरे ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा सञ्चालित आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिताको विजेता क्लबले नगद २ लाख रुपैयाँ सहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिए । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...