पोखरामा भाडा बढि लिने ४ वटा ट्याक्सी कारवाहीमा

पोखरा, ९ असार /प्रहरीले बढी भाडा लिने र मिटरमा चल्न नमाल्ने ट्याक्सीलाई कार्वाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार बिहान उजुरी दिन सर्वसाधारणलाई सुचना जारी गरे थियो ।

त्यसको केहि समय मै प्रहरीले चार वटा ट्याक्सीलाइृ कारवाहीमा गरेर उजुरी बिरुद काम थालेको छ । कारवाहीमा पर्नेमा ग १ ज ४२२५, ग १ ज २०५२, ग १ ज ४६९८ र ग १ ज ४१७६ ट्याक्सी चालक रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले बढी भाडा लिने आरोपमा पक्राउ परेका ट्याक्सी चालकलाई आबश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय गण्डकी पठाइएको छ ।

पोखरा सहित कास्की जिल्लामा सञ्चालित ट्याक्सीले मनपरी भाडा असुल्दै यात्रु ठगेको गुनासो आएपछि प्रहरीले कार्वाही अभियान सुरु गरेको हो ।

कमेन्टहरु
Loading...