पोखरामा मिटरमा जान नमान्ने पछि ३१ ट्याक्सी कारबाहीमा

पोखरा, १९ चैत /पोखराका ट्याक्सी मिटरमा चल्न नमानेपछि कास्की प्रहरीले नमानेलाई अपरेसन सुरु गरेको छ । मिटरमा चल्न नमानेका भाडाका ट्याक्सीहरुलाई ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीले संयुक्त निरीक्षण गरेको हो ।

मंगलबार एकैदिन ३१ वटा ट्याक्सीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । सबै ट्याक्सीको कागजपत्र नियन्त्रणमा लिएर छोडिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

पक्राउ पर्ने ट्याक्सीहरु ग १ ज १७३९, ग १ ज ४९७४, ग १ ज ३३९४, ग १ ज ४०९०, ग १ ज २१४४, ग १ ज २३२१, ग १ ज १७५० छन् ।

यस्तै, ग १ ज ३५०५, ग १ ज ३४५९, ग १ ज ४४०९, ग १ ज २००२, ग १ ज २१३६, ग १ ज ४६१७, ग १ ज २५९७, ग १ ज २१०२, ग १ ज ३९३८, ग १ ज १९४४, ग १ ज ५४२४, ग १ ज २०५७, ग १ ज ३९५५ नम्बरको ट्याक्सी पनि कारबाहीमा परेको छ ।

१ देखि ५ बजेसम्मको अवधीमा ग १ ज ३००२, ग १ ज २५११, ग १ज ४०६९, ग १ ज २४६८, ग १ ज १६१४, ग१ ज ४१३२, ग १ ज २२५८, ग १ ज ३८४३, ध १ ज ८६१, ध १ ज ६१८, ध १ ज ८०० सहित ३१ वटा ट्याक्सी कारबाहीमा परेका हुन् ।

पोखराका ट्याक्सी मिटरमा चल्न नमानेको धेरै गुनासो प्रहरीमा पुग्ने गरेको छ । प्रशासन मिटरमा चल्नुपर्ने अडानमा छ भने ट्याक्सीवाला चाहीँ अहिलेको भाडामा मिटर चलाउन नसक्ने बताउँदै आएको छ ।

कमेन्टहरु
Loading...