पोखराको चार ठाउँमा आकाशे पुल बन्ने, रविन्द्रले छुट्याए ५० लाख

पोखरा, १० मंसिर / बढ्दो सवारी र जनघनत्व बढ्दै जाँद पोखरा सहर भित्र आकाशे पुल बनाउने विकल्पमा महानगरपालिका पुगेको छ । जनघनत्व र सवारी चापका कारण बाटो वारपार गर्न मुस्किल हुन थालेपछि महानगरले पोखराका विभिन्न ४ ठाउँमा आकाशे पुल निमार्ण गर्ने भएको छ ।

पोखरा महानगरपालिकाले आकाशे पुल निमार्णका लागि बढी व्यस्त चोकहरुमा ४ वटा ठाउँमा बनाउने छ । पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसीका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले आकाशे पुलका लागि अध्ययन गरिरहेको बताए ।

पोखराका सडक साँघुरो भएको र सवारी चाप बढ्दै जाँदा सडक वारपार गर्नसमेत मुस्किल हुन थालेपछि आकाशे पुलको विकल्प सोचेको बताए । उनले पिपिपि मोडेलमा आकाशे पुल निमार्ण गरिने बताए । एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने खालेको पुल निमार्ण गरीने उनले बताए ।

महानगरको कार्यपालिका बैठकले पोखराका विभिन्न ठाउँमा आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेबारे केही महिना पहिले नै निर्णय गरेको थियो । पोखराको बुद्धचोक, पृथ्वीचोक, सभागृहचोक, सृर्जनाचोक, चिप्लेढुंगा र महेन्द्रपुलमा मध्येमा ४ ठाउँमा आकाशे पुल बनाउने योजना महानगरले बताएको छ ।

पिपिपि मोडलमा बनाउदा महानगरपालिकाले लगानी नगरे पनि हुनसक्ने तिमिल्सिनाले बताए । तर कसरी बनाउने भन्नेबारे अहिले नै निर्णय भइसकेको छैन ।

आकाशे पुल बनाउन रविन्द्रको ५० लाख

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीले पोखरा महानगरपालिका ८ सृजनाचोकमा आकाशे पुल निमार्णका लागि ५० लाख छुट्याएका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ को ४ करोड रुपैया बजेटबाट मन्त्री अधिकारीले सृजना चोकमा आकाशे पुल निमार्णका लागि ५० लाख रुपैया छुट्याएका हुन् ।

उनले सभागृह चोक, पृथ्वीचोक र सृजनाचोक मध्येमा सृजनाचोकमा सम्भाव्यता बढि देखी पछि त्यही बनाउन थालेको बताए ।

कमेन्टहरु
Loading...