पोखरा आउने पर्यटकको रोजाइमा अपर सेती ¥याफ्टिङ

सागर राज तिमिल्सिना
पोखरा, ५ कात्तिक / पोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेतीमा पोखरा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । विश्वको उत्कृष्ट मध्येमा दसौं स्थानभित्र पर्ने सेती जलयात्रा पर्यटकको रोजाइमा पर्ने गरेको छ । पोखरादेखि नजिक भएकाले पनि छोटो समयमा धेरै मनोरञ्जन लिन सकिने नदीका रुपमा पर्यटकहरुले सेती नदीलाई लिँदै आएका छन् ।

तीन घण्टाभित्रमा जलयात्रा गरिसकिने भएकाले पनि छोटो समयका लागि पोखरा घुम्न आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको हो । पोखराको सेतीमा जलयात्रा गर्ने अहिले दैनिक ३० देखी १ सय जना सम्म हुने क्रसरिभर ¥याफ्टिङका सञ्चालक धर्मेन्द्र बाटाजुले बताए । अपर सेती नदीमा वर्षमा ५ महिना ¥याफटिङ गर्न सकिने बाटाजूले बताए । ४ ग्रेडभन्दा माथिको पानीको बहाव भएकाले पनि अपर सेतीमा ¥याफटिङ विश्वका उत्कृष्ट दसौं स्थानमा पर्न सफल छ ।

पछिल्लो समयमा जलविद्युत गृहहरु बन्दै गएपछि कतिपय नदीहरुमा अपेक्षा गरे अनुरुप जलयात्रा हुन नसकेको व्यवसायीहरु बताउ छन् । सेती र मर्दीको दोभानबाट करिब ८ किलोमिटर दूरीको याम्दीसम्म ¥याफ्टिङको यात्रा हुने गर्दछ । ¥याफटिङ गर्न विदेशीले ५० डलर र नेपालीले ३५ डलर तिर्न पर्ने व्यवसायीहरु बताउ छन् । यस वर्ष देखी व्यवसायीले बर्षामा पोखरा फुर्से खोलामा पनि ¥याफ्टिङ सञ्चालन गरेका छन् ।

नेपालमा सेती, काली, मस्र्याङ्दी, त्रिशूली, तमोर, सुनकोसी, कर्णालीलगायतका नदीलाई सरकारले जलयात्राका लागि खुल्ला गरेको छ । पछिल्लो समयमा ¥याफ्टिङमा लामो जलयात्रा भन्दा पनि छोटोमा पर्यटकहरुको ध्यान जाने गरेको बाटाजुले बताए । नेपालमा आउने पर्यटकमध्ये २५ प्रतिशतले ¥याफ्टिङ गर्ने गरेको छन् । पोखरामा मात्र १५ वटा कम्पनी कार्यरत छन भने देशभर १ सयभन्दा ¥याफ्टिङ व्यवसायी रहेका छन् । ¥याफ्टिङ गदै हिमाल हेर्दै रमाउन सकिन्न छ ।

कमेन्टहरु
Loading...