पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

प्रदिप पौडेल

पोखरा, १८ माघ/नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गण्डकी प्रदेको राजधानी पोखरामा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

विरोधमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कार लाई संरक्षण गरेको भन्दै नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

कार्यक्रममा नेविसंघका नेता तथा कार्यकर्ताको सहभागी रहेको थियो ।

कमेन्टहरु
Loading...