यी हुन् पोखरामा नक्कली नोट फैलाउने दुई जना

4

पोखरा, ८ फागुन /पोखराबाट नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगिन प्रिण्टर सहित २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली पैसा दिएर रिचार्ज कार्ड लिएर फरार भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

ग १४ प ३५४ नम्बरको डुक मोटरसाईकलमा हिड्ने २ जनाले १ हजारका नक्कली नोटसँग रिचार्ज कार्ड साँटेका थिए । प्रहरीले मकवानपुर हेटौंडा घर भई हाल पोखरा महानगरपालिका–५ प्रस्याङ स्थित धारामार्गमा डेरा गरी बस्ने ३२ बर्षका नरेश लामा र निजकी श्रीमती वर्ष २५ की सरस्वती बलामीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने १ थान कलर प्रिण्टर, एनटिसी र एनसिएलका ९० हजार बराबरको रिचार्ज कार्ड, एउटा ल्यापटप, २ वटा मोवाईल र केही भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान चलिरहेको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरुको वतन

  • जिल्ला मकवानपुर हेटौडा म.न.पा. ०९ बस्ने बर्ष ३३ को नरेश लामा
  • जिल्ला मकवानपुर हेटौडा म.न.पा. ०१ बस्ने बर्ष २५ को सरस्वती बलामी ।

बरामद गरीएका सामान:-

  • Lenovo कम्पनिको ल्यापटप थान-१
  • CANON कम्पनिको कलर प्रिन्टर थान-१
  • OPPO कम्पनिको मोबाईल थान-२
  • कैचि थान -१
  • कटर
  • पेपर
  • नेपाली रकम रु. १,२८,४३०।– ( एक लाख अठ्ठाईस हजार चार सय तिस मात्र )
  • भारतिय रकम रु.१,०००।– ( एक हजार मात्र )

रिचार्ज कार्ड NTC

१)  रु. १०० को ७९ थान  जम्मा रु. ७९००

२)  रु. ५० को ११ थान जम्मा रु. ५५०

रिचार्ज कार्ड ncall

१)     रु.१०० को ७४० थान जम्मा रु. ७,४०००

२)     रु.५० को ५६ थान जम्मा रु. २,८००

नक्कलि :

  • च २५ ६३४१४६ नं को नक्कलि नोट रु. १००० को थान १३
  • च २५ ६३४१६३ नं को नक्कलि नोट रु. १००० को थान ६
  • जम्मा १९,०००।– अक्षेरुपि (उन्नाईस हजार मात्र )
  • ग १४ प 3५४ नं को DUKE मोटरसाइकल
  • पक्राउ परेका ब्यक्तिहरुको नागरीकता थान -२

अनुसन्धान पछी खुलेको तथ्यहरु

  • मिति २०७५।०९।२७ गते मकवानपुरबाट पोखरा आएको ।
  • करिव ३ दिन जति लेकसाईडको होटलमा बसेकोमा त्यसपछि पोखरा-५, पर्स्याङमा भाडामा बस्दै आएको ।
  • Youtube मा नक्कली पैसा बनाउने भिडियो हेरि सोही अनुसार बनाउन सिकेको ।
  • नक्कली पैसा print गर्ने चाहिने color printer पोखरा भाटभटेनीमा गई किनेको र आफू बस्ने कोठामा नै Laptop, color printer, फोटोकपी पेपर, कैची, गमको प्रयोग गरि नक्कली पैसा बनाउने गरेको ।
  • पोखराका बिभिन्न स्थानहरुमा गरि करिव २०० भन्दा बढी स्थानहरुमा नक्कली पैसा दिई सामानहरु किन्ने गरेको । बढी मात्रामा Recharge Card किन्ने गरेको । कतै कतै आबश्यक अन्य सामानहरु पनि किन्ने गरेको ।
  • दिनमा करिब १०-१५ बटा सम्म साट्ने गरेको ।
  • विशेषगरि महिला, केटाकेटिहरु भएको पसलहरुमा गई नक्कली नोट दिने गरेको ।
  • घटनामा प्रयोग गर्ने गरेको ग१प ३५४, डुक मोटरसाईकल ग्लोवल रिकन्डीसन बाट किनेको ।
  • पक्राउ परेका दुईको डेड बर्ष देखी चिनजान भई अफियर चलेको तर केटा चाहीको बिहे भईसकेको ।