पोखरामा लागू औषध सहित दुई कार र दुई जना र नगद सहित बरामद

पोखरा, ६ मंसिर / कास्की प्रहरीले पोखरा ११ तुलसीमार्गबाट ठूलो मात्रामा लागू औषध सहित दुईजनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले बुधबार दुईवटा कार सहित ठूलो परिमाणमा लागू औषध बरामद गरेको हो ।

सडक छेउमा पार्किङ गरी राखेको ग २ च ८३६३ र र ग २ च ४३२७ नम्बर को दुईवटा कारबाट लागू औषध, नगद सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कार चालक रुपन्देही घर भई पोखरा ९ बस्ने उदय कुमार गुप्ता र तनहूँको ब्यास घर भई पोखरा ११ रानीपौवा बस्दै आएकी ३३ बर्षकी गीता भन्ने मनु गुरुङलाई पक्राउ गरिएको हो । कारबाट २ सय ९५ थान नुर्फिन, २ सय ९५ थान डाइजापाम र २ सय ९५ थान फेनरागन बरामद गरिएको छ ।

यस्तै २४ बोतल फेनसिडल पनि बरामद भएको छ । कारको अगाडी सेफमा रहेको २ लाख ४२ हजार र भारती रुपैया ७ हजार ७ सय ३० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

यस्तै, उदय कुमार गुप्ताको साथबाट सुन जस्तो पहेलो रङको ४ तोला ८४ लालको सिक्री पनि नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
उनै गुप्ताको अर्को गाडी ग १ च ४३२७ नम्बरको कारबाट पनि डिक्कीमा ९६ थान नुर्फिन, १ सय ९ थान डाइजापाम र ८६ थान फेनरागन बरामद गरिएको छ ।

कास्की प्रहरी प्रमुख ओमरानाले गुप्ता पहिले पनि लागु औषध मुद्धामा दुई वर्ष जेल परिसेको बताए । गुप्ता २०७० सालमा पनि लागू औषध मुद्धामा पक्राउ परि जेल परेका थिए ।

कमेन्टहरु
Loading...