पोखरामा जुवा तास खेल्ने ११ जना पक्राउ

पोखरा, २८ भदौ/ पोखरा लेखनाथ महानगरपालीका वडा नंम्बर १०  ईन्द्रमार्ग प्रहरीले ११ जनालाई जुवा तास खल्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।  स्याङजा क्याक्मी घर भई हाल ईन्द्रमार्गमा डेरा गरी बस्ने सिता थापाको कोठामा जुवा तास खेलीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारले पक्राउ गरेको हो ।

प्रहरीले नगद २१ हजार ४ सय ५ रुपैया, तास र ११ जना मानिसलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान गरीरहेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा जिल्ला स्याङजा क्याक्मी घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ  १० ईन्द्रमार्ग बस्ने बर्ष ४० कि सिता थापा, पोखरालेखनाथ  १० बस्ने बर्ष ६१ को डम्बर श्रेष्ठ, पोखरालेखनाथ  १० रंगशाला बस्ने बर्ष ३५ को श्याम लुङगेली, जिल्ला म्याग्दी अन्नुर्ण गाउंपालीका ६ घर भई हाल पोखरालेखनाथ  १० रामबजार बस्ने बर्ष ३० को कुमार नेपाली, जिल्ला कास्की पोखरालेखनाथ  १५ नयांगांउ बस्ने बर्ष २० को रेशम परियार, जिल्ला पर्वत घर भई हाल पोखरालेखनाथ  १३ मियापाटन बस्ने बर्ष २५ को लब गुरुङ, पोखरालेखनाथ  १५ बनक्याम्पस बस्ने बर्ष २७ को नवराज थापा, पोखरालेखनाथ  ३० बेगनास घर भई हाल पोखरा ८ नागढुंगा बस्ने बर्ष ३७ को कल्पना थापा, स्याङजा पेल्काचौर १० घर भई हाल पोखरालेखनाथ  १५ घलेचोक बस्ने बर्ष २३ को प्रितम गुरुङ, पोखरालेखनाथ १० उत्तमचोक बस्ने बर्ष ३४ को रोशन कार्की, जिल्ला स्याङजा चिन्नेबास २ घर भई हाल पोखरालेखनाथ १० ईन्द्रमार्ग बस्ने बर्ष ३४ को नरेश राना रहेका छन् ।

कमेन्टहरु
Loading...