दशै तिहारलाई लक्षित पोखरामा विशेष सुरक्षा योजना

पोखरा, १५ असोज / दशै तिहार र छट पर्वलाई लक्षित गरी कास्की प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना बनाउने भएको छ । कास्की प्रहरीले सोमबार

जिल्लाको मातहतमा रहेका ७० वटा युनिटका प्रमुखहरुका बीच अन्तरक्रिया गरी चाडपर्व विशेष सुरक्षा योजना निर्माण बारे अन्तरक्रिया समेत गरेको छ

। उक्त अन्तरक्रिया कार्यक्रममा ७० वटै युनिटमा आवश्यक पर्ने पूर्वाधार प्रहरी कर्मचारीको अवस्थाको बारेमा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक

ओम बहादुर राना मगरले जानकारी लिएका थिए ।

रानाले पहिलो चरणमा आफ्नो मातहतमा रहेका युनिटहरु संग अन्तरक्रिया गरी कुन युनिटमा कति प्रहरी कर्मचारी आवश्यक पर्छ भन्ने वारेमा र ग्रामीण

भेगदेखी शहर र वढी मात्रामा भीड हुने ठाउहरुमा आवश्यक पर्ने सुरक्षा ब्यवस्थाको बारेमा जानकारी लिएका थिए ।

पर्यटकीय शहर समेत रहेको कास्कीमा दशै तिहारको वेला वढी मात्रामा आन्तरिक र बाह्य पर्यटकको आवतजावत वढ्नुका साथै धेरैजसो मानिसहरु

घरमा तालाचावी लगाएर गाउतर्फ जाने हुनाले चोरी डकैती जस्ता घटनाहरु घट्न सक्ने भएकाले त्यसवारेमा पनि छलफल गरिएको र कास्कीमा

चाडपर्वको वेलामा कुनै घटना हुन नदिनका लागी विशेष सुरक्षा योजना बनाइ कास्की प्रहरी अगाडी वढ्ने प्रहरी प्रमुख रानाले वताए ।

कमेन्टहरु
Loading...