पोखरामा करेण्ट लागेर एकको मृत्यु

पोखरा, २ पुष /पोखरा महानगरपालिका १३ भद्रकालि चोकमा उजुमान गुरुङको बन्दै गरेको घरमा काम गर्ने क्रममा करेण्ट लागि एक जनाको मृत्यु भएको छ ।

पाल्पा घर भई हाल पोखरा १३ कांहुखोला स्थित सोल्टि मेटलमा काम गर्ने २२ बर्षिय केशब थापा मगर घाईते भएका थिए । उनको उपचारको लागि

पश्चिम क्षेत्रिय अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।  घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...