पोखरामा ठाउँ ठाउँमा चोरी गर्ने पेशेवर चोर पक्राउ

पोखरा, १ पुष /वडा प्रहरी कार्यालय रामबजारले पोखराका विभिन्न पसलहरुमा चोरी गर्दै हिड्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मंसिर २९ गते विहान २ बजेको समयमा पोखरा १२ हस्पिटल चोक स्थित सुनचाँदी पसलमा चोरी गर्दै गर्दा एक जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी निरीक्षक दिपक केसिको कमाण्डमा खटिएको प्रहरी टोलिले कपिलबस्तु घर भई हाल जिल्ला पोखरा १० शान्तिपथ बस्ने २२ बर्षिय दिपिन भन्ने ईन्द्र बहादुर थापालाई पक्राउ गरी गरेको हो ।

अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहको प्रहरीले जानकारी दिएको छ ।

चोरी गरेका सामानहरु

१ चादीको कल्ली १ जोर ,
२ चादीको फोल्डीङ वाला १ जोर
३ चादीको चुरा १ थान
४ चादीको वाला १ थान
५ चादीको सिक्री ३ थान
६ चादीको पञ्चरत्ने वाला २ पीस

अनुसन्धान पछि खुलेको तथ्यहरु

निजले मिति २०७५।०८।२१ गते पोखरा ११ रानिपौवा स्थितमा मोबाईल र सुनचादी पसलमा चोरी गरेको ।
मिति २०७५।०८।२४ गते बिहान पोखरा १५ घलेचोक स्थितमा दुई बटा सुनचादी पसल, १ बटा किराना पसलमा चोरी गरेको
निजले चोरी गरेको सामान आफ्नै कोठामा राखेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र निम्न बमोजिमको सामानहरु निजको कोठाबाट बरामद गरिएको

निम्न

१ सुनको कटारी गेडी ९ पीस
२ सेतो चादीको बाला १ थान
३ चादीको पत्थरबाला औठी २ थान
४ चादीकोगोलो पाउजु १ थान
५ चादीको ड्यासवाला पाउजु १ जोर

६ मोबाईल २ थान,
७ चोरी गर्न प्रयोग गर्ने फलामको हथौडा १थान,
८ हरियो विड भएको कअचभधमचष्खभच १ थान,
९ मोमोरीकार्ड २१पिस

कमेन्टहरु
Loading...