पोखरामा भीषण बर्षा, यस्तो छ तीन दिनका लागि मौषम अनुमान

56

पोखरा, २५ भदौ / पोखरामा सोमबार दिउँसो करिब ३ बजेपछि निरन्तर बर्षा भैरहेको छ । पोखराका सडकभरी

पानी टालिएको छ । नालीबाट बग्ने पानी सडकबाट बग्न थालेपछि सडकमा गाडी गुड्न समेत समस्या भएको

थियो । धेरै पानी बगेका कारण पैदलयात्रुलाई सडक वारपार गर्न पनि समस्या भएको थियो । पोखरामा पानी

परेपछि सडकमा यात्रा गर्न निकै कठिन हुन्छ । पोखरामा पानी बेला बेलामा निकै ठुलो आउने गरेको छ । साँझ

सम्म पनि पानी के बेला पर्ने कति बेला नपर्ने गरेको छ । करिब तीन बजेबाट पानी पर्दा विद्यार्थीहरु घर जान

अफ्ठ्रोमा परेका थिए भने तीजमा माइत जान हिडेकाहरु विचबाटै केही समय रोकिन परेका थिए ।

मौषम विज्ञानले आज देखी तीन दिनका लागि मौषमको यस्तो अनुमान गरेको छ ।
पोखरामा मुुसल्धारे वर्षा, सडकमा ताल । तस्विरः प्रदिप पौडेल
पोखरामा मुुसल्धारे वर्षा, सडकमा ताल । तस्विरः प्रदिप पौडेल
भाद्र २५ गते (सोमबार)

रातिः देशभरिनै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै तथा पश्चिमका केहि स्थानमा हल्का देखि

मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै मध्य तथा पश्चिम क्षेत्रका एक(दुइ स्थानमा भारि बर्षाको पनि

सम्भावना रहेको छ।

भाद्र २६ गते (मंगलबार)

दिउसोः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्वी र मध्य भेगका धेरै स्थानहरुमा र पश्चिमका केहि

स्थानहरुमा मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका पूर्वि र पश्चिमि भेगका एक दुई स्थानमा

भारि वर्षाको संभावना छ।

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने

सम्भावना छ । साथै, देशका थोरै स्थानहरुमा भारि बर्षाको पनि सम्भावना रहेको छ।

भाद्र २७ गते (बुधबार)

दिउसोः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि

स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका एक(दुई स्थानमा भारी वर्षाको

सम्भावना पनि देखिन्छ

रातिः देशभरि नै सामान्य देखि पुर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरुमा तथा पश्चिमका केहि स्थानहरुमा

हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका पूर्वि र मध्यका केहि स्थानहरुमा र पश्चिमका

एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना पनि देखिन्छ

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...