पोखरामा बामठबन्धनको चुनावी सभा यस्तो देखियो (फोटो र भिडिायो)

पोखरा, ९ मंसीर /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि मुलुकमा वामपन्थीको सरकार बन्ने ठोकुवा नै गरेका छन् । संयुक्त वामगठवन्धन चुनाव परिचालन समितिद्धारा पोखरामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले वामपन्थीको सरकार बन्ने दावी गरे । ‘अब वामपन्थीको सरकार बन्यो, बन्यो, कम्युनिस्टको सरकार बन्यो, बन्यो’, उनले भने, ‘रेल कुदो, कुदो ।’ केरुङ्ग–काठमाडौं–पोखरा देखि लुम्विनीसम्म रेल ल्याउन सर्भे गराइहाल्ने र लिक बिच्छ्याइ हाल्ने उनले जनतालाई आश्वासन दिए ।

दुई पार्टी वीचको चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वामगठवन्धनले वहुमत ल्याउने र नेपाली कांग्रेस नेतृत्वको सरकार हटेर पुस महिनादेखि वामपन्थीहरुको वहुमतको सरकार बन्ने दावी गरे ।

“वामगठवन्धनको वहुमतको सरकार वनेपछि खानका लागि कसैले चिन्ता लिनु पर्दैन र कोही भोकै वस्नु पर्दैन “ उहांले भन्नु भयो– “म आपूm प्रधानमन्त्री हुंदा वुढावुढीको वृद्ध भत्ता एक हजारवाट वढाएर दुई हजार वनाईदिएको थिए अव दुई हजारवाट वढेर वृद्ध भत्ता पाँच÷पाँच हजार पुर्याईन्छ ।“ ओलीले कांग्रेस संस्थापक नेता बिपी कोइराला बाँचिरहेको भए एमाले प्रवेश गर्ने दाबी गरे ।

‘बिपी कोइराला बाँचिरहेको भए, त्यो बेला बनाएको हो कांग्रेसलाई, अहिले काम लाग्दैन भन्नुहुन्थ्यो र एमाले प्रवेश गर्नुहुन्थ्यो’, ओलीले भने । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता राम वहादुर थापाले एमाले– माओवादी वीचको चुनावी तालमेल र पार्टी एकताको सन्देशले वामपन्थी विरोधी शक्तिमा ठूलो तरङ्ग ल्याएको वताए ।

संयुक्त वामगठवन्धन चुनाव परिचालन समितिद्धारा पोखरामा आयोजित चुनावी सभा

कमेन्टहरु
Loading...