श्रेयाको घटना पछि पोखरामा ७ बर्षिया बालिकामाथी बलात्कार !

पोखरा, १३ असोज /पोखरा २२ पुम्दीभुम्दीमा भएको एउटा बलत्कारको घटना सेलाउन नपाउँदै अर्को

बलात्कारको घटना सार्वजनिक भएको छ । १५ बर्षिय किशोरले ७ बर्षिया बालिकामाथी बलात्कार भएको हो ।

असोज ६ गते नुहाउन जाऔं भनेर झरनामा लगेर बलात्कार गरेको बालिकाले बताएकी छिन् ।

घटना दिउँसो १२ बजेतिरको हो । परिवारमा बाबु मिस्त्रि काम गर्दै आएका थिए । बाबु काममा निस्किए । आमा

घरमै थिईन् । ति किशोरले बालिकालाई नुहाउन जाऔं भनेपछि बालिकालाई आमाले नजाउ भन्दै थिईन् । तर

बालिका मानिनन् । नुहाउन गएपछि किशोरले झाडितिर लग्यो । अनि जबरजस्ती गर्यो ।

बालिका रुन थालिन् । बाटोमा फर्किँदा किशोरले फकाउन मिठाई दिए । अनि बालिका घर फर्किन् । तर घरमा

कसैलाई भनिनन् । दुईदिनसम्म कसैले थाहा पाएन । बालिका घर फर्केदेखि नै अलि असहज ब्यवहार देखाउन

थालिन् । राती सुत्नेबेलामा पनि बढी चलमलाउन थालेपछि बाबु आमाले निकै कर गरेर सोधे ।

दुईदिनपछि मात्रै उनले किशोरले गरेको हर्कतबारे बताईन् । त्यसपछि बालिकाको परिवारले प्रहरीमा उजुरी दिए ।

प्रहरीमा उजुरी दिए पछि पश्चिमाञ्चल अस्पताल स्वास्थ्य परिक्षण भएको थियो । डाक्टरले पनि बलात्कार

भएको प्रमाणित गरिसकेका छन् । अनि घरमा फर्केर किशोरलाई केरकार गरे । सुरुमा स्विकार गरेनन् । तर

फकाएर धेरै पटक सोधेपछि ति किशोरले पनि आफुले गल्ती गरेको स्विकारेका छन् ।

अनि टोलमा होहल्ला हुन थाल्यो । घटना भैसकेपछि किशोरकी दिदीले बालिकालाई सिन्दुर लगाएर बुहारी

बनाईन् । तर बालिकाको परिवारले त्यसलाई स्विकार गरेनन् । अहिले घटना प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२ कक्षामा पढ्ने बालिकालाई बलात्कार गरेपछि प्रहरीले किशोरलाई नियन्त्रणमा लिईसकेको छ । ‘परिवारले

भनेपछि हामीले किशोरलाई नियन्त्रणमा लिएका छौं । सोधपुछ गर्दा स्विकार पनि गरिसकेको छ । किटानी

जाहेरी लिएर अनुसन्धान थालेका छौं, कास्की प्रहरी प्रमुख ओम रानाले भने–यसलाई बलात्कार भन्दा पनि यौन

दुब्र्यबहार भएको मानिन्छ । सोही अनुसार कारबाही हुन्छ । प्रहरीले पनि रिपोर्ट तयार गरिरहेको छ ।’ घटना

गम्भीर भएकोले अनुसन्धान पनि सोही अनुसार भैरहेको रानाले बताए ।

कमेन्टहरु
Loading...