पोखरामा बिजुलीको पोलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

पोखरा, ६ मंसिर / पोखरा महानगरपालिका २ भिमसेनटोलमा मोटरसाइक दुर्घटना हुदाँ एकको मृत्यु भएको छ ।

ग १५ प २०१८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा मोटरसाईकल चालक पोखरा २५ हेम्जा बस्ने वर्ष १८ बर्षिय

सुवास नेपाली मृत्यु भएको हो ।

दुर्घटना पछि घाईते भएका नेपालीको उपचारको लागी फिस्टेल अस्पताल लगिए पछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...