पोखराको लभ्ली डाँडामा एक जोडिको शव फेला

पोखरा, २५ भदौ /पोखरा महानगरपालिकाको लभ्ली डाँडा स्थित रुखको एउटै हाँगामा झुण्डिएको अबस्थामा एक

जोडीको शव भेटिएको छ । १५ दिन देखि हराएका जोडीको शव सोमवार लभ्ली डाँडाको रुखमा झुण्डिएको

अबस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार जोडी पोखरा बाँझापाटनकी शशी नेपाली र स्याङजा पुतलीबजार–९ का मनबहादुर भण्डारीको

हो । नेपाली र भण्डारी रुखको एउटै हाँगामा दुई छुट्टा छुटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका

हुन् । १५ दिन अघि उनीहरु हराएको भन्दै आफन्तले कास्की प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए ।

रुखमा झुण्डिएको दुवै शव सडेको अबस्थामा भेटिएकाले दुई साता अघिनै उनीहरुको मृत्यु भएको हुनसक्ने

प्रहरीको अनुमान छ । भण्डारीको शवसँगै भेटिएको नागरिकताका आधारमा पहिचान खुलेको हो ।

उनीहरु झुण्डिनुको कारण भने खुलेको छैन । दुवै शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा

राखिएको छ । घटनाकाबारेमा अनुसन्धान भैरहेको कास्की प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...