सोमबार देखी पोखरामा अन्तर्राष्ट्रियस्तरको टेनिस प्रतियोगिता हुने

सागर राज तिमिल्सिना
पोखरा, २५ भदौ/पोखरा रंगशालामा सोमबार देखि असोज ७ गतेसम्म अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीहरुको सहभागिता रहने छ ।

पहिलो सिप्mट भदौ २६ देखि ३१ गतेसम्म हुने छ भने दोश्रो सिप्mट असोज २ देखि ७ गतेसम्म हुने कास्की जिल्ला लन टेनिस संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिए । पोखराको पर्यटन प्रवद्र्धन र टेनिस खेलको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीहरु वीच प्रतिस्पर्धा हुने छ ।

नेपालका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, ईन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्र भूषण, दिलीप महत्री, प्रवीन कुमार नायक लगाएतका ख्याति प्राप्त खेलाडीहरुको सहभागिता रहने कायस्थले जानकारी दिए । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरि ८३ जना खेलाडीहरुको सहभागिता रहने छ ।

 

कमेन्टहरु
Loading...