पोखराको लेकसाइडमा जिप र मोटरसाइकल दुर्घटना

पोखरा, २१ कात्तिक /पोखरा ६ लेकसाइड स्थित डिहिको पाटनमा दुर्घटना हुदाँ एक विदेशी सहित ३ जना घाईते भएका छन् । ग२च ३३०५ नम्बरको जिप र ग४प ६४४९ मोटरसाईकल ठक्कर खादाँ ३ जना घाईते भएका हुन् ।

मोटर साईकल चालक पोखरा लेखनाथ महानगर पालिका ५ बस्ने वर्ष ३४ काजी गुरुङ, पोखरा ६ डिहिकोपाटन बस्ने वर्ष ३४ को गौतम गुरुङ र पैदल यात्री स्वइजरल्याडकी २६ वर्षिय लारा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको पोखरा मेट्रोसिटि अस्पताल पोखरामा उपचार भएको प्रहरीले जानकारी दिएको छ । तीन मध्ये गौतकोस्थिती सामान्य रहेको छ ।

कमेन्टहरु
Loading...