पोखरा लेखनाथ महानगरपालिकाको अत्यन्त जरुरी सूचना

पोखरा लेखनाथ महानगरपालिका नगर क्षत्रेभित्रका सार्वजनिक सडक, चउर एवं खाली जग्गाहरुमा छाडा रुपमा छाड्ने गरिएका पशु चौपाया (गाई, गोरु, भैसी, घोडा र खच्चड आदि) का कारण सार्वजनीक सडममा समस्या परिरहेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक सडकहरुमा छाडिएका चौपाय र तिनबाट सृजना हुन सक्ने समस्यालाई समाधान गर्ने उद्देश्यका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० भलाम र मौजामा छाडा चौपाय व्यवस्थापन गर्नेतर्फ केही कामहरु शुभारम्भ भएको हुँदा अब उप्रान्त आफ्ना पशु चौपाया (गाई, गोरु, भैसी, घोडा र खच्चड आदि) कुनै पनि अवस्थामा सडक बाटो तथा अन्य खुल्ला ठाउँमा समेत नछाड्न सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । यो सूचनाको अवज्ञा गरी पशु चौपाय छाडेको पाइएमा यस कार्यालय जवाफ देही नहुने एवं स्थानीय स्वायत्त शासन ऐन २०५५ र स्थानीय स्वायत्त शासन नियमावली २०५६ अनुसार कार्वाही हुने व्यहोरा समेत यसै सुचनाद्धारा जानकारी गराइन्छ ।

बरिष्ठ कानून अधिकृत
पोखरा लेखनाथ महानगरपालिका
पोखरा

कमेन्टहरु
Loading...