रुघाखोकी र ज्वरो आएमा ख्याल गरौं

मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यत्तिहरु विरामी हुने गर्दछन् र यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय सयममा देखिने गरेको छ । वर्षा यामको शुरु तथा अन्तय, जाडो यामको शुरु तथा अन्तयमा साधारणतथा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी बढी देखिने गर्दछन् । अतः यी रोगबाट बच्न निन्न उपायहरु अपनाउनु हुन सर्वसाधारणमा अनुरोध छ ।

लक्ष्यणहरुः
— ज्वरो आउने (१००.४ डिग्रि परेनहाइट भन्दा बढि)        — टाउको दुख्ने
— रुघाखोकी लाग्ने            —घाँटी दुख्ने                             — श्वास फेर्न गाहे हुने
—बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

बच्ने उपायहरुः
— खोक्दा हाच्छिउ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं ।
— साबुन पानीले मिची मिची हात धुने गरौं ।
— पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं ।
— ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं ।
— अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं ।
— शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बसौं ।
— आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाऔं ।
— सकभर अरु व्यक्तिहरु सँग हात नमिलाऔ, नमस्कार गरौं ।
— अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं ।
— नाक मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने ।
— ज्वरो, रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं ।

पोखरा लेखनाथ महानगरपालिका, पोखरा

रुघाखोकी र ज्वरो आएमा ख्याल गरौं
रुघाखोकी र ज्वरो आएमा ख्याल गरौं
कमेन्टहरु
Loading...