पोखरा लेकसाईडमा जनमले पर्यटकलाई ढुङगा प्रहार

पोखरा, १४ असार / पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईडमा रहेको फ्रिडम क्याफेमा जुस खान बसेकी एक बिदेशी युवतीलाई एक युवकले ढुङगा प्रहार गरेका छन् ।

कास्कीका रक्सीले मातमा युवाले ढुङगाले हिर्काउदा विदेशी महिला घाइते भएकी हुन् । शनिबार कास्की अन्नपुर्ण गाँउपालिका वडा नम्बर १० घान्द्रुक बस्ने २० बर्षिय जनम परियारले मादक पदार्थ सेवन गरि ढुङगाले हिर्काउँदा जर्मनकी २७ बर्षिया पर्यटक घाइते भएकी हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीको अनुसार मादक पदार्थ सेवन गरि ढुङगाले हिर्काउने परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

घाइतेको मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...