पोखराको लेकसाइडमा आज फोटो प्रदर्शनी हुदै

पोखरा, १३ बैशाख /फोटो पत्रकारिता दिवसको अवसर पारे पोखरामा पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी शुक्रबार आज हुदैछ ।

नेपाल राष्ट्रिय फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा कास्की शाखाको सहआयोजनामा पोखराको लेकसाइडमा फोटो प्रदर्शनी हुन लागेको हो ।

लेकसाइडको बाराहीचोक चोकमा विहान ९ बजे पछि फोटोहरु प्रदर्शनीमा राखीने गण्डकीका अध्यक्ष राम गुरुङले जानकारी दिए । उनले गण्डकी प्रदेशका ११ वटै जिल्लाका करिब ५० वटा फोटोहरु प्रदर्शनीमा राखीने बताए ।

प्रदर्शनीमा कृष्णमणी बराल, राम गुरुङ, अशेष शाक्य, सागर राज तिमिल्सिना, प्रदिप पौडल, इन्द्र पौडेल, दिपक परियार, उमेश पुन, नारायण आचार्य लगाएतका फोटोहरु राखिने उनले बताए ।

कमेन्टहरु
Loading...