पोखराको लेकसाइडमा साढे १० लाख सहित ९ जना जुवा खेल्ने पक्राउ

पोखरा, १० कात्तिक / कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ६ पहारीमार्गमा रहेको एक होटलबाट जुवा खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ ।

शनिबार साझँ होटलमा जुवा खेलाईरहेको भन्ने स्थानियको सुचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।

जुवा तास खेली खेलाई रहेको अबस्थामा नगद १० लाख ५८ हजार ५ सय १० रुपैया सहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...