पोखरा घुम्न आएका काठमाण्डौका युवकको होटलमा मृत्यु

पोखरा, २६ कात्तिक /पोखराको एक होटलमा काठमाण्डौबाट घुम्न आएका एक पर्यटको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाईड स्थित प्यालेस भ्यु होटलमा शुक्रबार साझँ सुतेका एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डौबाट पोखरा घुम्न भनि आएका ९ जना साथिहरु साझँको खाना खाई सुतेको र जिल्ला काभ्रे घर भई काठमाण्डौ स्वयम्भु डेरा गरी बस्ने २३ बर्षिय सागर लामा मृत्यु भएको प्रदेश नम्बर ४ प्रहरी कार्यालय पोखराका प्रहरी निरिक्षक बसन्त बहादुर कुँवरले जानकारी दिए ।

शनिबार बिहान अबेर सम्म अचेत अवस्थामा नउठे पछि के भयो भनि उपचारको लागि साथिहरुले फेवासिटि अस्पतालमा लगेका थिए । अस्पतालमा चेकजाँच गर्ने क्रममा डाक्टरले विहान साढे ८ बजे मृत्यु भएको घोषणा गरेको उनको भनाई छ ।

होटलमा तत्कालै प्रहरीको टोली खटाएर अनुसन्धान गरेको प्रहरीको भनाई छ । प्रहरीले उनको मृत्यु छारे रोगका कारण भएको देखिएको बताएको छ ।

कमेन्टहरु
Loading...