पोखराको लेकसाइडमा स्कुटर र मोटरसाइकल ठोकियो

पोखरा, १४ फागुन /पोखरा महानगरपालिकाको लेकसाइडमा मोटरसाइकल र स्कुटर ठोकिँदा २ जना घाइते भएका छन् ।

ग १३ प २८५६ नम्बरको स्कुटर र ग १० प ८३३० नम्बरको मोटरसाईकल ठक्कर खाँदा स्कुटर चालक पोखरा ३ नदिपुरका १८ बर्षिय रोहण खड्की र मोटरसाइकल चालक रमेश पहारी घाइते भएका हुन् ।

खड्कीको पोखराको फिस्टेल अस्पताल र पहारीको मनिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल तोडफोड भएको प्रहरीले जानकारी दिएको छ

कमेन्टहरु
Loading...