पोखराको लेकसाइड सहित मुख्य पर्यटकी शहर २४ सै घण्टा खुल्ने

पोखरा १३ असार /बेला बेलामा पोखरा २४ सै घण्टा खुल्ने बताए पनि खुल्न नसकेको लेकसाइड अब भने २४ सै घण्टा खुल्ने भएको छ । गृहमन्त्रीले मंगलवार सार्वजनिक गरेको प्रशासन सुधार कार्ययोजना अन्तर्गत देशका मुख्य पर्यटकिय क्षेत्र पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरवारमार्ग २४ सै घण्टा खुलाउने कार्ययोजनामा उल्लेख गरेका छन् ।

यसका लागि गृह मन्त्रालयले २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाउने गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका छन् । पर्यटकको आवागमन बढी हुने स्थानमा बजार, पसल होटल २४ घण्टा खुल्ला राख्नको लागि आवस्यक सुरक्षा व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ ।

‘ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन वढी हुने क्षेत्रहरुमा २४ सै घण्टा वजार खुल्ला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाउने छौं’ उनले भने । यसअघि यी क्षेत्र राती ११ बजेपछि बन्द हुने गरेको थियो । तत्कालिन पुनरावेदन अदालतबाट मुद्धा जितेर आवश्यक सबै पूर्वाधार सहित पोखराको लेकसाइड स्थित ओजन डिस्को राती २ बजेसम्म सञ्चालन हुदै आएको छ ।

कमेन्टहरु
Loading...