पोखरामा लागुऔषध चरेस सहित ५ जना पक्राउ

पोखरा, १९ भदौ /लागूऔषध नियन्त्रण व्युरो पोखराको प्रहरी टोलीले पोखराका विभिन्न स्थानहरुमा लागुऔषध चरेश विक्री वितरण गर्नेलाई पक्राउ गरेको छ । प्रहरी टोलिले लागुऔषध चरेस र गाजा सहित पाँच जनालाई पक्राउ गरेको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडां नम्बर १६ कोमागाने चोकबाट म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका ५ बस्ने ५६ बर्षिय रत्न बहादुर छन्त्याल र उनकी श्रीमति ३७ बर्षिय कुमारी छन्त्याललाई एक किलो लागुऔषध चरेस सहित पक्राउ गरेको छ ।

त्यसै गरि प्रहरीले अवैध लागूऔषध गाजा ५.५ केजी सहित अन्य तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ बिराटनगर महानगरपालिका ४ कच्चनबाढी घर भई पोखरा लेखनाथ महानगरपालिका ५ मालेपाटन सागर बुढाथोकी, पोखरा लेखनाथ महानगरपालिका ७ मासवार बस्ने २१ बर्षिय सैलमोन गुरुङ र जिल्ला धादिङ रोराङ गाउपालिका १ बस्ने टेक बहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई पोखरा लेखनाथ महानगरपालिका ५ मालेपाटनबाट पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेका सबैजनालाई आवश्क कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...